नियम ६
ट्रेड युनियन संघ दर्ताको प्रमाणपत्र :
नियम ५ बमोजिम ट्रेड युनियन संघ दर्ता गराउनको लागि पंजिकाधिकारीले सोही नियमको उपनियम (२) मा उल्लेखित विवरणहरू तथा ऐनको दफा ६ बमोजिम मागिएको थप विवरणहरू समेत जाँचबुझ गरी रीत पुगे नपुगेको हेरी ऐनको दफा ४ को उपदफा (४) बमोजिम त्यस्तो ट्रेड युनियन संघलाई दर्ता किताबमा दर्ता गरी अनुसूची–४ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।